Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले डाक्यो साधारणसभा, कहिले छ बुक क्लोज ?

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, १२ : ०१ मा प्रकाशित

एनएमबि बैंकले डाक्यो साधारणसभा, कहिले छ बुक क्लोज ?

एनएमबि बैंकले कम्पनीको २८ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ ।

बैंकको मङ्सिर २७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ५ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

बैंकले साधारणसभा सम्बन्धि थप सूचना पुस १ गते प्रकाशित गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको