Like us!
Follow us!
Connect us!
Watch us!

३८ अङ्कले बढ्यो सेयर बजार, हाइड्रो सेक्टरमा करेक्सन

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १५ : १७ मा प्रकाशित

३८ अङ्कले बढ्यो सेयर बजार, हाइड्रो सेक्टरमा करेक्सन

सोमबार बजारमा दोहोरो अङ्कको वृद्धि हुँदा कारोबार रकममा पनि वृद्धि आएको छ ।

अघिल्लो साताको आइतबारदेखि नै लय समाएको सेयरबजारले आज पनि यही क्रमलाई निरन्तरता दिँदै प्रभावकारी वृद्धि देखिएको हो । हिजो २७.७५ अङ्कले बढेको बजार आज थप ३८.१४ अङ्कले बढेर नेप्से परिसूचक २०६०.४९ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार नौ सय ७९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ६५ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ सूर्यज्योती लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, बिपिडब्ल्यु लघुवित्त, स्वरोजगार लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, बोटलर्स नेपाल, नेरुडे लघुवित्त, धौलागिरी लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये हिमालयन पावर पार्टनर, दोल्ती हाइड्रो, अप्पर स्याङ्गे हाइड्रो, मोदी इनर्जी, माइखोला हाइड्रो र सुपर मादी हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य चार प्रतिशत भन्दा बढीले घट्यो ।

आज माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ५.५३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन ३.२५ प्रतिशत र लगानी उपसूचक ३.१ प्रतिशतले बढे । आज हाइड्रोपावर उपसूचक मात्रै ०.३३ प्रतिशतले घट्दा अरु सबै सेक्टर बढे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको