Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंक,नेप्स र सिटीटेकबीच "एकीकृत व्यापारी व्यवस्थापन प्रणाली” सञ्चालनको सम्झौता

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, १४ : ०२ मा प्रकाशित

माछापुच्छ्रे बैंक,नेप्स र सिटीटेकबीच "एकीकृत व्यापारी व्यवस्थापन प्रणाली” सञ्चालनको सम्झौता

माछापुच्छ्रे बैंक,नेप्स र सिटीटेकबीच पुस २ गते “युनिफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम" अर्थात  एकीकृत व्यापारी व्यवस्थापन प्रणाली गेटपे संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका थिए । नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस संचालनमा आईसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र संजालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् । सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ । 

साथै हाल प्रचलनमा आईरहेका सबै भुक्तानी उपकरणहरु तथा संजालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपुर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् । सम्झौता पछि, तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको