Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको उकालो यात्रा, सात अर्ब बढीको कारोबार

अर्थ संसार

बुधबार, ०४ पुस २०८०, १५ : १० मा प्रकाशित

रोकिएन नेप्सेको उकालो यात्रा, सात अर्ब बढीको कारोबार

बुलिस यात्रालाई कायम राख्दै बुधबार पनि सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

अघिल्लो साताको आइतबारदेखि नै लय समाएको सेयरबजारले आज पनि यही क्रमलाई निरन्तरता दिँदै प्रभावकारी वृद्धि देखिएको हो । हिजो ४५.९८ अङ्कले बढेको बजार आज थप ३५.३९ अङ्कले बढेर नेप्से परिसूचक २१४१.८७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर सात अर्ब ९५ लाख ७५ हजार एक सय ७६ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको हो ।

आज १५ कम्पनीहरुको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये नेरुडे लघुवित्त, माथिल्लो मैलुङ खोला हाइड्रो र साइन बैंक रहे । उक्त कम्पनीहरुको सेयरमूल्य तीन प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन उपसूचक सर्वाधिक ७.१६ प्रतिशतले बढ्दा लगानी उपसूचक ६.९२ प्रतिशत र ट्रेडिङ उपसूचक ६.२ प्रतिशतले बढे । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.८९ प्रतिशतले घट्दा निर्जीवन बिमा उपसूचक ०.०८ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको