Like us!
Follow us!
Connect us!
Watch us!

लेखामान बोर्ड र धितोपत्र बोर्डबीच सम्झौतामा हस्ताक्षर

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, १७ : ३३ मा प्रकाशित

लेखामान बोर्ड र धितोपत्र बोर्डबीच सम्झौतामा हस्ताक्षर

नेपाल लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डबीच सम्झौताको ज्ञापनपत्रमा हस्ताक्षर भएको छ ।

धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न नेपाल लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डको बीच सम्झौता भएको हो । पुस ४ गते भएको सम्झौतामा नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापाले हस्ताक्षर गरेका थिए ।

लेखामान बोर्डले संस्थाले नेपालका लागि वित्तीय विवरण तयार गर्दा अपनाउनु पर्ने लेखाका सिद्धान्त तथा मानहरु तयार गर्ने कार्य गर्दछ । यसको प्रमुख कार्य भनेको अन्तर्राष्ट्रिय वित्तीय प्रस्तुतीकरण मानहरूसँग मेल खाने गरी नेपालका व्यवसायिक संस्थाहरूको वित्तीय विवरण तयार गर्दा अपनाउनु पर्ने लेखामानहरुको ढाँचा तयार गर्नु हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको