यो साताको सोमबार र मङ्गलबार सेयरबजार बन्द हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेको बिदाको सूचीमा सोमबार क्रिशमस डे र मङ्गलबार उधौली पर्व तथा योमरी पुन्ही पनि रहेका छन् । यस कारण भोलि र पर्सि सेयर कारोबार नहुने भएको हो । यो साता तीन दिन मात्रै सेयर कारोबार हुने भएको छ ।
आगामी आइतबार पनि तमु ल्होसारको उपलक्ष्यमा सेयरबजार बन्द रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस