Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, १४ : १३ मा प्रकाशित

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको आव २०७९/८० को घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस ११ गते बुकक्लोज गर्दैछ । तर पुस ९ र १० गते सार्वजनिक बिदाका कारण सेयरबजार बन्द रहने भएसँगै आज पुस ८ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।

कम्पनीले हालको चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४८ रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने सात करोड ११ लाख ३२ हजार दुई सय २६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्न लागिएको हो । कम्पनीले पुस २६ काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्क्वेटमा बस्ने गरि वार्षिक साधारण सभा बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको