Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली एनओसी वाहक आठ नेपाली भारतीय अध्यागमनको नियन्त्रणमा

अर्थ संसार

मंगलबार, १० पुस २०८०, १२ : ३२ मा प्रकाशित

नक्कली एनओसी वाहक आठ नेपाली भारतीय अध्यागमनको नियन्त्रणमा

नक्कली एनओसी र लेबर पर्मिट लिएर विदेश उड्न लागेका आठ नेपालीलाई भारतको मुम्बई विमानस्थलबाट नियन्त्रणमा लिइएको छ ।

गत शनिबार त्यहाँको अध्यागमनले माइली बम्जन र भगवती डाँगीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुले नक्कली लेबर पर्मिट देखाएर कुवेत जान लागेका थिए । यसैगरी नक्कली एनओसी पेश गरि युएई उड्न लागेका छ जनालाई पनि अघिल्लो बुधबार अध्यागमनले नियन्त्रणमा लिएको जनाइएको छ ।

उनीहरुलाई भारतीय पेनल कोडअन्तर्गत छुट्टाछुट्टै ठगी मुद्दामा कारवाही हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको