Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, ११ पुस २०८०, १० : २३ मा प्रकाशित

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 हाथवे इन्भेस्टमेन्ट, तारागाउँ रिजेन्सी र फर्स्ट माइक्रोफाइनान्सको आव २०७९/८० को घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

यी तीनै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस १२ गते बुकक्लोज गर्दैछ । अर्थात आज पुस ११ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।

हाथवे इन्भेस्टमेन्टले १० प्रतिशत बोनस सेयर र ०.५२६ नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । यसैगरी तारागाउँ रिजेन्सीले ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत दिने घोषणा गरेको छ । फर्स्ट माइक्रोफाइनान्सले ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत बोनस सेयरसहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको