कारोबार समयमै सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा गरेपछि स्थगन भएको मुक्तिनाथ विकास बैंकको सेयर कारोबार पुस ११ गतेबाट फुकुवा भएको छ ।
नेप्सेका अनुसार कम्पनीले पुस ५ गते बिहीबार दिउँसो २:३० बजे कारोबार समयमै सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा सम्बन्धि निर्णय गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
तर बैंकले उक्त विनियमको व्यवस्था पालना नगरेको भन्दै नेप्सेले उक्त विनियमावलीको १६(१)(ख) को व्यवस्था बमोजिम धितोपत्र कारोबार स्थगन गरि तीन कार्यदिन भित्र के कति कारणले कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरिएको हो भन्ने स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । कम्पनीले मनसायपूर्वक नभई संयोगले मात्र कारोबार समयमै बैठक बसेको र लाभांश बारे ४:३० बजे पछि मात्रै छलफल भएको स्पष्टीकरण दिएको छ । यसैगरी आगामी दिनमा सजग भई गल्ती नदोहोर्याउने प्रतिबद्धता पत्र पनि पेश गरेपछि कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।
बैंकले गत आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट १०.२६३२ प्रतिशत लाभांश वितरण निर्णय गरेको थियो ।
नोट : नेप्सेले आधिकारिक सूचना जारी गरेसँगै सोही अनुरुप अद्यावधिक गरिएको ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस