Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् लाभांश ?

अर्थ संसार

विहीबार, १२ पुस २०८०, १० : ३८ मा प्रकाशित

शिवम् सिमेन्टको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् लाभांश ?

शिवम् सिमेन्टले आठौं साधारणसभा तथा बोनस प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । 

कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । अर्थात पुस १८ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन तथा कम्पनीले घोषणा गरेको बोनस प्राप्त गर्न सक्नेछन् । कम्पनीले पुस २७ गते साधारणसभा गर्ने जनाएको छ ।

शिवम् सिमेन्टले यस अघिनै आ.व. २०७९/८० को लागि संस्थाको हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बराबरको बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने रकम बराबर नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको