Like us!
Follow us!
Connect us!
Watch us!

घट्दो बजारमा लाग्यो पूर्ण विराम, उतारचढाबपछि अब उकालो लाग्ने अपेक्षा

सोमबार, ०६ मंसिर २०७३, १६ : २१ मा प्रकाशित

घट्दो बजारमा लाग्यो पूर्ण विराम, उतारचढाबपछि अब उकालो लाग्ने अपेक्षा

अर्थ संसार
काठमाडौं–अघिल्लो दिन पहिरै गएको सेयर बजारमा सोमबार निकै उतार चढाव आएपछि झिनो अंकले सुधार आएर बन्द भएको छ । बजार ६.६७ अंकले बढेको छ । सेयर बजार आईतबार ५८ अंकले घटेको थियो । आइतबारको बजार एकै पटक घटेर फेरि बढ्दै घट्दै गरेको थियो । अघिल्लो दिन १५९९ अंकमा बन्द भएको बजार सोमबार कारोबार सुरु हुनासाथ बढेर १६०० अंकमा पुगेको थियो । त्यसपछि बजार निरंतर ओरालो लागेर साँढे १२ बजे १५७२ अंकमा आइपुग्यो  ।

त्यसपछि लगातार बढेको बजार ४६ अंकले उचालिएर साँडे १ बजे १६१८.७५ अंकमा पुग्यो । त्यसपछि बजार आधा घन्टा पनि थेगिएन । ओरालो यात्रा सुरु गरेको बजार  आधा घण्टाभित्रै ३० अंक तल झरेको थियो । अन्तिम घन्टामा बजार विस्तारै उकालो लाग्यो । अन्ततः हिजोको भन्दा ६ अंक बढेर १६०६.२९ मा  बजार बन्द भएको छ।

निरंतर बजार घट्ने क्रम सोमबार रोकिएको छ । यस दिन १२७ कम्पनीको ९२ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार बढे पनि कारोबार रकम भने आइतबारभन्दा घटेको छ । अघिल्लो दिन सवा अर्ब रुपैयाँको कारोबार भएको थियो। 

बजारमा हकप्रद भर्ने चापले कतिपय सेयर बेचेर रकम जुटाउनेमा छन् । यसले गर्दा विक्रेताको चाप उच्च देखिएको छ । आइतबारको पहिरोले पनि कतिपयलाई मानसिक रुपमा त्रसित बनाइ दिएको छ । लगानीकर्ताको मनोबल अझै नफर्के पनि क्रेताहरु विस्तारै बढ्न थालेको अनुमान लगाउन सकिन्छ । बजार घट्ने क्रममा ब्रेक लागेकाले अब बजारले उकालो यात्रा समाउने सेयर विष्लेषकहरु बताउँछन् । 

बजारमा खरिदको ट्रेन्डले यस्तै देखाउँछ । सोमबार पनि एभरेस्ट बैंककै सेयरमा चाप देखिएको छ । यस दिन एभरेस्टको १२ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।

बजारमा ऋजना फाइनान्सका सेयरधनीले सर्किट ब्रेकर लाग्ने गरी कमाएका छन् । यस दिन कम्पनीको १० प्रतिशतले मूल्य बढेको छ । बढेको बजारमा लक्ष्मी लघुवित्तका सेयरधनीले सर्किट ब्रेकर लाग्ने गरी गुमाएका छन् । कम्पनीले घोषणा गरेको कम्पनीको लाभांशमा लगानीकर्ता आकर्षित भएनन् ।

‘बजारमा यस्तो उतारचढाव आएर बढेरै बन्द हुनु भनेको सामान्य करेक्सन मात्र होे’ सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवालले भने,‘ठूलो दुर्घटना हुने अवस्थामा मात्र बजार घट्दो क्रममा जान्छ । दुईदिन मात्र घटेको बजार स्टेवल हुनु थियो नै र भयो पनि ।’ लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेको अग्रवालको भनाइ छ । 

त्यस्तै बजार विश्लेषकहरु भने ठूला लगानीकर्ताहरुले बजारमा चलखेल गरेका कारण बजार अनियन्त्रित भएको दावी गर्छन् । बजार घटेका बेला उनीहरुले सेयर उठाउँदा बजार घटवड भएको विष्लेषकहरुको दावी छ । सोमबार बैकिङ समूह पनि ७.६४ अंकले बढेको छ भने होटल २२.४१ अंकले बढेको छ । त्यस्तै ट्रेडिङ १.१२ अंकले, फाइनान्स १२.१७ अंकले र अन्य समूह २०.२५ अंकले बढेको छ । त्यस्तै विकास बैंक १३।६४ अंकले, जलविद्युत ०.६५ अंकले र विमा १०.७३ अंकले घटेका छन् ।

त्यस्तै धेरै कारोबार हुने कम्पनीहरुमा नेसनल लाइफ इन्सुरेन्स ५ करोड ४७ लाख,  बैंक अफ काठमाडौ लुम्बिनी ४ करोड ४० लाख, प्रुडेन्सियल इन्सुरेन्स ३ करोड ९१ लाख र स्टयान्डर्ड चार्टड बैंकको ३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सोमबार सवैभन्दा बढी कमाउनेमा सिर्जना फाइनान्स,अल्पाइन डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स,साल्ट ट्रेडिङ कर्पोरेसनलगायतका लगानीकर्ताहरु रहेका छन् । त्यस्तै धेरै गुमाउनेहरुमा लक्ष्मी लघुवित्त वित्तिय संस्था, राष्ट्रिय विमा कम्पनी, सेती फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको