Like us!
Follow us!
Connect us!
Watch us!

'टि प्लस २' कारोबार - सेबोन र सीडीएससीले भने सिस्टम छिटो,नेप्सेले भन्यो गैरकानुनी

अर्थ संसार

सोमबार, १६ असार २०८२, १६ : ३९ मा प्रकाशित

'टि प्लस २' कारोबार - सेबोन र सीडीएससीले भने सिस्टम छिटो,नेप्सेले भन्यो गैरकानुनी

सोमबार केही टिएमएस बाट दुई दिनमा नै खरिद गरेको सेयर बिक्री गर्न मिल्ने भन्ने विषयमा समाचार सार्वजनिक भए । दुई दिनमा नै सेयर सेटलमेन्टको विषय 'गैरकानुनी' हुने नेप्सेको भनाइ छ । तर नेपाल धितोपत्र बोर्ड र सीडिएस एण्ड क्लिलिरिङ लिमिटेडले भने यो 'गैरकानुनी' नभएको बताएका छन् । 

अहिले टि प्लस ३ मा सेटलमेन्ट भइरहेको भन्दै नयाँ सिस्टम आउँदा पनि सोही अनुसार नै आउनु पर्ने नेप्सको प्रवक्ता मुराहरी पराजुलीको भनाइ छ । यो विषयमा नेप्सेले पनि अध्ययन गर्ने र उजुरी परेमा कारबाही पनि हुने उनको भनाइ छ । तर सेबोन र सीडीसएसले भने यो गैर कानुनी नभएको बताएका छन् । 

सिस्टमले नै छिटो गरेर लगानीकर्ताको खातामा रकम वा सेयर छिटो पठाउने कुरा प्रविधिसँगै प्रतिस्पर्धा पनि भएको उनीहरुको भनाइ छ । सिस्टमका कारण नै केही छिटो भएको र पहिले पनि टि प्लस २ मा नै सेटलमेन्ट हुने गरेको सेबोनका सह प्रवक्ता तोलाकान्त न्यौपानेको भनाइ छ ।

‘यस अघि कारोबार समय पछि मात्रै सेटलमेन्ट हुने गरेको भए पनि नयाँ प्रविधिका कारण तेस्रो दिनको कारोबार समयमा नै सेटलमेन्ट हुन्दा केही नयाँ जस्तो लागेको हो,’ उनले भने । यसले लगानीकर्तालाइ फाइदा हुने उनको भनाइ छ । कसैले ग्राहकलाई छिटो सुविधा दिन्छ भने त्यसलाई सकारात्मक रुपमा नै लिनु पर्ने उनको भनाइ छ ।  पहिले बिक्री गरेको तेस्रो दिनको ३ बजे पछि मात्रै खातामा सेयर आउने भएकाले त्यो दन बिक्री गर्न नपाइने भए पनि अहिलेको नयाँ सिस्टमका कारण १ बजेभित्र खातामा सेयर आएपछि बिक्री गर्न पाइएको बताइएको छ ।  सिस्टमको कारणले छिटो भएको अवस्था छ ।  कारोबार समय पश्चात गर्ने गरिएको एपीआई सिस्टमबाट गर्दा बाइ गरेको अवस्था १२ वर्ष पछि आउँने गरि सिस्टम निर्माण भएकाले यसमा सहज भएको छ । सीडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले पनि दुई दिनमा सेटलमेन्ट गर्न मिल्ने बताए । सबैको सेटलमेन्ट एकै पटक हुने गरेकाले ब्रोकरले छिट्टै खातामा पठाएको अवस्थामा सोही दिन पनि कारोबार गर्न मिल्ने उनको भनाइ छ । 

‘टि प्लस टुमा सेटलमेन्ट हुने हो । आज किनेको सेयर भोलि होइन पर्सि सेटलमेन्ट हुने हो केही पनि फरक पर्दैन,’ उनले भने । डिजी हबको टिएमसए चलाउनेहरुको हकमा सीडिएसीसँग एपिआई कनेक्ट रहेको र उनीहरुलाई चाहेको समयमा कल गरेर उनीहरुले होल्डीङ कारोबार समयमा पनि अपटेड हुनु प्रवक्ता न्यौपानेको भनाइ छ ।  डिजी हबले सीडिएसीको एपिआई चलाउने र उनीहरुसँग रहेको सेयर रिलिज गरेमा आज नै कारोबार हुन सक्ने अवस्था भने रहने उनको भनाइ छ । सेटलमेन्टका लागि सीडिएसीले डिजी हबको र अन्यको फरक नहुने गरेको भन्दै ब्रोकरले छिटो खातामा हाल्दा छिटो आउने र ढिलो गरेको खण्डमा ढीलो आउने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको