पियोर इनर्जीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेर कारोबार भएको यो कम्पनीको सेयर मूल्यमा आज पनि कारोबार खुल्ने वित्तिकै सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य कारोबार सुरु भएको दिन देखि लगातार रुपमा सर्किट लागिरहेको छ । आज यो कम्पनीको १५ औँ कारोबार दिन हो । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १०९ रुपैयाँ ७० पैसाले बढेर १ हजार २०७ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।
यो अवधिमा समग्र सेयर बजार पनि ५ दशमलव ८५ अंकले बढेर २६६० दशमलव ६१ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ६० करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस