नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा 'अडलट कारोबार' उल्लेखनीय रूपमा घट्दै गएको देखिएको छ। प्राविधिक रूपमा जटिल मानिने अडलट कारोबारमा लगानीकर्ताको सक्रियता कम हुँदै जाँदा बजारमा यस खालको कारोबार ४८.५३ प्रतिशतले घटेको छ।
नेप्सेका अनुसार चालु आर्थिक वर्ष (आव) को ११ महिनामा सेयर लगानीकर्ताले ५ अर्ब ३७ करोड १४ लाख रुपैयाँ बराबरको १ करोड ३६ लाख ८५ हजार कित्ता सेयर अडलट कारोबार गरेका छन्। जुन गत आवको सोही अवधिको तुलनामा ५ अर्ब ६ करोड ५३ लाख रुपैयाँले कम हो ।
नेप्सेका अनुसार गत आवको ११ महिनामा सेयर लगानीकर्ताले १० अर्ब ४३ करोड ६७ लाख रुपैयाँ बराबरको ४ करोड २६ लाख ९६ हजार कित्ता सेयर अडलट कारोबार गरेका थिए । जेठमा मात्र १६ लाख ७८ हजार कित्ता सेयर ३३ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ । जुन गत वर्षको जेठको तुलनामा ६३ प्रतिशत बढी हो । गत वर्षको जेठमा २० करोड ५७ लाख रुपैयाँ बराबरको २ लाख ८६ हजार कित्ता सेयर अडलट कारोबार भएको थियो ।
के हो अडलट कारोबार?
अडलट कारोबार भन्नाले लगानीकर्ताले आफूले स्वामित्व राखेका साना परिमाणका सेयर (१० कित्ताभन्दा कम) बिक्री गर्ने प्रक्रिया हो। नेप्सेले २०७९ साल वैशाखदेखि अडलट कारोबारलाई नियमित रूपमा दैनिक सञ्चालनमा ल्याएको हो। त्यसअघि भने धितोपत्र कारोबारमा हप्तामा एक दिन, शुक्रवार मात्र अडलट सम्बन्धी कारोबार हुने गरेको थियो ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार, लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्य भएका १० कित्ताभन्दा कम सेयर, वा १० रुपैयाँ अंकित मूल्य भएका १०० कित्ताभन्दा कम सेयर अडलटमार्फत कारोबार गर्न सक्छन्।
तर, प्राविधिक जटिलता, प्रयोजनको सीमितता र कम ब्यवहारिक प्रयोगका कारण अडलट कारोबार अपेक्षित रूपमा बढ्न सकेको छैन। नेप्से स्रोतहरूका अनुसार, कारोबार सहज नभएको र लगानीकर्ताहरूले वैकल्पिक तरिकाबाट साना परिमाणका सेयर नबेच्ने प्रवृत्तिले अडलट प्रणाली कमजोर बन्दै गएको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस