हाल धितोपत्र बजारमा सेयर बिक्री गरेको तीन दिन भित्र खातामा पैसा आउने व्यवस्था छ । कुनै सेयर खरिद गरेको तीन दिन पछि मात्रै उक्त सेयर बिक्री गर्न पाइने व्यवस्था रहेको छ । तर टीएमएसमार्फत् भने अहिले २ दिनमा नै सृयर बिक्री गरिहेको पाइएको छ ।
पुरानो टीएमएसमा भने सेयर बिक्रीका लागि सेटलमेन्ट भएको ३ दिनसम्म पर्खिनुपर्ने व्यवस्था रहेको थियो । तर नयाँ टीएमएसबाट सेयर बिक्री गर्नका लागि १ दिन अगावै योग्य हुने गरेको छ । नयाँ टिएमएस सञ्चालनमा आएसँगै डीजी हब बाट कारोबार गर्ने लगानीकर्ताहरुले २ दिनमै सेयर बिक्री गर्न पाइरहेका हुन् ।
यो गैरकानुनी भएकाल यस्तो गर्न नमिल्ने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीको भनाइ छ । तीन दिनमा कारोबार गर्न मिल्ने व्यवस्था हो । यस भन्दा फरक पर्ने गरि कुनै नयाँ प्रविधिको विकास गर्न नमिल्ने उनको भनाइ छ । यो विषयमा उजुरी परेमा कारवाही हुन र समाचार पनि आएकाले यो विषयमा नेप्सेले सुक्ष्म अध्ययन गरिरहेको उनले बताए ।
धितोपत्र कारोबार विनियमावली र अन्य नियम कानूनमा पनि तेस्रो दिनमा मात्रै सेयर बिक्री गर्ने प्रावधान रहेको भन्दै प्रवक्ता पराजुलीले यस्तो अभ्यास गैरकानूनी भएको जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस