Like us!
Follow us!
Connect us!
Watch us!

२२ कारोबार दिनमा १५ प्रतिशतले बढ्यो राप्ती हाइड्रो एण्ड जनरलको सेयर मूल्य

अर्थ संसार

मंगलबार, १७ असार २०८२, १७ : १८ मा प्रकाशित

२२ कारोबार दिनमा १५ प्रतिशतले बढ्यो राप्ती हाइड्रो एण्ड जनरलको सेयर मूल्य

पछिल्लो एक महिनाको अवधिमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्यमा १५ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ । गत जेठ १९ गतेको कारोबारको तुलनामा असार १७ गते यो कम्पनीको सेयर मूल्य १५.६७ प्रतिशतले बढेको हो । 

जेठ १९ गतेको अन्तिम कारोबारमा यो कम्पनीको सेयर मूल्य ३२५ रुपैयाँ ४९ पैसा रहेको थियो । यो बीचका २२ कारोबार दिनमा यो कम्पनीको सेयर मूल्य ६० रुपैयाँ ५१ पैसाले बढेर ३८६ रुपैयाँ पुगेको छ । २२ कारोबार दिनमध्ये अधिकांश दिन मूल्य घटेको भए पनि समग्रमा भने यो कम्पनीका सेयरधनीहरुले १५.६७ प्रतिशतले कमाएका छन् । 

आज (मंगलबार) मात्रै यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ७.७९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो दिन ३५८ रुपैयाँ १ पैसामा कारोबार भएको यो कम्पनीको सेयर मूल्य आज २७ रुपैयाँ ९० पैसाले वृद्धि भएर ३८६ रुपैयाँ पुगेको हो ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको