अघिल्लो दिन निर्धारण नभएको सुनचाँदीको मूल्य आज निर्धारण गरिएको छ । आन्दोलनका कारण अघिल्लो दिन सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन् ।
आज नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस