Like us!
Follow us!
Connect us!
Watch us!

गहुँको समर्थन मूल्य निर्धारण, गत वर्ष भन्दा तीन सय बढी

अर्थ संसार

विहीबार, १२ पुस २०८०, १७ : २१ मा प्रकाशित

गहुँको समर्थन मूल्य निर्धारण, गत वर्ष भन्दा तीन सय बढी

मन्त्रिपरिषद् बैठकले यस वर्षका लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको छ ।

बिहीबार बसेको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ तोकेको छ । गत वर्ष सरकारले ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । यो करिब ९ प्रतिशतले बढी हो ।

सरकार गहुँ, उखुलगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । उत्पादन लागतको तथ्याङ्क विश्लेषण नभइसकेका भन्दै यसपटक निकै ढिलो गरेर समर्थन मूल्य तोकिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको