Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित

अर्थ संसार

शनिबार, १४ पुस २०८०, १० : ४४ मा प्रकाशित

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित

माछापुच्छ्रे बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ ।

भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई उक्त दुई अर्वाडहरू प्रदान गरिएको छ । माछापुछ्रे बैंक लिमिटेडलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवर्द्धनमा उत्कृष्ट भएकाले उक्त अवार्ड प्रदान गरेको थियो ।

हाल स्मार्ट बैंकको नारासहित डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरू प्रदान गर्दै आइरहेको छ । बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका सात वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको