Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द

अर्थ संसार

आइतबार, १५ पुस २०८०, ०९ : ११ मा प्रकाशित

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द

पाकिस्तानको निर्वाचन आयोगले पाकिस्तानमा २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न रोकेको छ। 

इमरान खानले चुनाव लड्न दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए। तर दुवै ठाउँको उम्मेद्वारी आयोगले रद्द गरिदिएको छ। +

खानलाई प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सरकारी उपहारहरू अवैध रूपमा बेचेको आरोपमा ७१ वर्षीय इमरान खानलाई २०२२ को अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएको थियो। भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका कारण आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गरेको भएपनि उनले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको