Like us!
Follow us!
Connect us!
Watch us!

इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १४ : १५ मा प्रकाशित

इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगीमाथि देशद्रोहको मुद्दा लगाइने बताइएको छ । सेनामा विद्रोहलाई उक्साएको आरोपमा उनका सहयोगी शाहबाज गिललाई देशद्रोहको मुद्दा लगाउने तयारी भएको गृहमन्त्री राणा सनाउल्लाहलले बताएका छन् । 

खानका सल्लाहकार गिलले एउटा टेलिभिजनमा व्यक्त गरेको भनाईलाई लिएर उनीमाथि मुद्दा चलाउन लागिएको बताइएका छ ।  सेनामा विद्रोहलाई उक्साएको अभियोगमा गिलमाथि देशद्रोहको मुद्दा लाग्ने गृहमन्त्री सनाउल्लाहलले बताए ।

‘हामीले यसको अनुसन्धान गर्न विशेष टोली गठन गरेका छौं’ उनले इस्लामाबादमा बुधबार पत्रकारहरूलाई भने, 'यो हाम्रा संस्थाहरूलाई बदनाम गर्ने योजनाबद्ध कदम हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको