घलेम्दी हाइड्रो कम्पनीले जारी गरेको दुई सय प्रतिशत हकप्रद सेयरमा अहिलेसम्म कुल आवेदनको ५६.०६ प्रतिशत आवेदन परेको छ ।
कम्पनीले चुक्तापुँजीको दुई सय प्रतिशत अर्थात कम्पनीले १ : २ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । निष्कासित १ करोड १० लाख कित्ता मध्ये हालसम्म २७ हजार तीन सय १६ जनाले ६१ लाख ६७ हजार पाँच सय ९५ कित्ताका लागि आवेदन दिएका छन् ।
यस हकप्रद सेयरमा पुस १६ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले हकप्रदको पैसा सांग्रिला उर्जा प्रालिद्वारा प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत हुने गरि सेयर हाल्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस