Like us!
Follow us!
Connect us!
Watch us!

६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, १६ पुस २०८०, ०८ : ३४ मा प्रकाशित

६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस १६ गते नेप्सेमा कारोबार हुने ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीको भोलि अर्थात पुस १७ गते बुकक्लोज तय गरिएको छ ।

गरिमा विकास बैंक 
गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले पुस २९ गते, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा  बिहान ११ बजे आफ्नो १७ औं वार्षिक साधारण सभा बोलाएको छ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले पुस २६ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे आफ्नो  १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र करसहित ४।५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

छिमेक लघुवित्त
छिमेक लघुवित्तले पुस २९ गते, आइतबार, होटल सामनाको सभाहल, मकवानपुर, हेटौँडामा बिहान ११ बजे आफ्नो २२ औं वार्षिक साधारण सभा बोलाएको छ। यस कम्पनीको सभाले  हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव तय गरिएको छ। 

रु रु जलविद्युत परियोजना लिमिटेड
रु रु जलविद्युत परियोजना लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। जसका लागि कम्पनीले पुस २५ गते बुधबार साधारण सभा बोलाएको हो। कम्पनीको सो सभा लिसरा रेसेप्सन, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो  सातौं वार्षिक साधारण सभा  पुस २६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सुपर मादी हाइड्रोपावर
सुपर मादी हाइड्रोपावरले पुस २८ गते १३ औं र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ।सभा होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजे डाकिएको छ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको