Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा दोहोरो अङ्कको वृद्धि, बाउन्सब्याकको संकेत हो त?

अर्थ संसार

बुधबार, १८ पुस २०८०, १५ : १४ मा प्रकाशित

सेयरबजारमा दोहोरो अङ्कको वृद्धि, बाउन्सब्याकको संकेत हो त?

अघिल्लो सातादेखि ओरालो यात्रा समातेको सेयर बजारमा बुधबार दोहोरो अङ्कको वृद्धि भएको छ ।

केही समयको करेक्सन मोडमा चलेको बजारले आज भने बाउन्स ब्याक गर्दै २७.९० अङ्कले बढेर नेप्से परिसूचक २०५८ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल चार अर्ब ४ करोड ४६ लाख ५९ हजार नौ सय २२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने सामान्य बढेर चार अर्ब ४ करोड ८८ लाख ५७ हजार चार सय ५४ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सोनापुर मिनरल्स,  पिपुल्स हाइड्रो, एनआरएन, नेपाल वेयरहाउजिङ कम्पनी, भगवती हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी, पञ्चकन्या माई हाइड्रो र दिव्यश्वरी हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये लक्ष्मी लघुवित्त र मनकामना स्मार्ट लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज हाइड्रोपावर उपसूचक सर्वाधिक ३.०८ प्रतिशतले बढ्दा होटल तथा पर्यटन २.७ प्रतिशत तथा लगानी उपसूचक २.१४ प्रतिशतले बढे । आज कुनै पनि उपसूचक घटेनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको