Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय विदेशमन्त्रीको भ्रमणमा १० हजार मेगावाट बिजुली व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी

अर्थ संसार

बुधबार, १८ पुस २०८०, १६ : २२ मा प्रकाशित

भारतीय विदेशमन्त्रीको भ्रमणमा १० हजार मेगावाट बिजुली व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी

भोलि हुन लागेको भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता गर्ने तयारी भएको छ ।

दुई देशबीच १० हजार मेगावाट बिजुली किनबेचको ड्राफ्ट तयार गरि सम्झौतामा दुईपक्षीय सहमति जुटाउने तयारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको रहेको छ । दीर्घकालीन रुपमै कार्यान्वयन हुने गरि सम्झौता गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकर र नेपालका परराष्ट्र मन्त्री एनपी साउदले १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरे कार्यक्रम पनि रहेको छ ।

भारतको विहारलाई जोड्ने रक्सौल-परवानीपुर प्रसारण लाइन र कुशाहा-कटैया प्रसारण लाइन तथा भारतको उत्तर प्रदेशलाई जोड्ने नौतनवा-मैनाहिया प्रसारण लाइन उद्घाटन गर्न लागिएको हो । भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता व्यक्त गरिसके पनि औपचारिक सम्झौता नहुँदा नेपालका कतिपय योजनाको विद्युत गत वर्षा याममा खेर गएको थियो । आगामी वर्षामा उस्तै अवस्था नआओस् भन्ने उद्देश्यका साथ दीर्घकालीन सम्झौता गर्न लागिएको हो । नेपालले गत वर्षा याममा सवा ५०० मेगावाटसम्म विद्युत भारततर्फ निर्यात गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको