Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा पहिलोपटक कृषि यान्त्रिकरण प्रदर्शनी हुँदै

अर्थ संसार

बुधबार, १८ पुस २०८०, १७ : ४० मा प्रकाशित

पोखरामा पहिलोपटक कृषि यान्त्रिकरण प्रदर्शनी हुँदै

कास्कीको पोखरामा पहिलोपटक कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ ।

पुस २०-२२ गतेसम्म हुन लागेको तीन दिने प्रदर्शनीमा कृषि यन्त्र र प्रविधि सम्बन्धि बृहत् प्रदर्शनी हुने जनाइएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुन गइरहेको प्रदर्शनीमा ४० भन्दा बढी प्रदर्शनकर्ताहरुले एक हजार भन्दा बढी यन्त्र तथा उपकरण प्रदर्शन गर्नेछन् ।

"कृषि यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रमलाई २० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले दावी गरेको छ । प्रदर्शनीको आयोजकमा पोखरा महानगर, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र, कृषि विकास निर्देशनालय गण्डकी र नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको