Like us!
Follow us!
Connect us!
Watch us!

स्काई क्याफे र स्काई चेयरमा रमाउँदै गायक प्रमोद खरेल

अर्थ संसार

शनिबार, २१ पुस २०८०, १७ : ५९ मा प्रकाशित

स्काई क्याफे र स्काई चेयरमा रमाउँदै गायक प्रमोद खरेल

लोकप्रिय गायक एवम् द भ्वाइस अफ नेपालका जज् प्रमोद खरेलले पर्वत र बाग्लुङको एड्भेञ्चर हब 'द क्लिफ' मा स्काई क्याफेको मज्जा लिएका छन् ।

कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले बिहीबार 'एड्भेञ्चर ब्रेकफास्ट' गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

नेपालमै पहिलो र एकमात्र स्काई क्याफेका लागि  भिरमा वारपार स्टिलकोर डोरीको जडान गरिएको छ ।  सोही डोरीमा घिर्नीका माध्यमबाट टेवल झुन्ड्याइएको छ । क्याफेबाट कालीगण्डकी नदी र कुश्मा बजारको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरू गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन् । कालीगण्डकी नदीको सतहबाट २५५ मिटरको उचाइमा स्काई क्याफे सञ्चालन गरिएको छ । द क्लिफ पुग्ने पर्यटकले प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ शुल्क तिरेर भिडियो प्याकेजसहित स्काई क्याफेको मज्जा लिन सक्छन् ।

गायक खरेलले स्काई क्याफेका साथै कुष्मामा स्काई चेयरमा समेत मज्जा लिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको