Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो

अर्थ संसार

आइतबार, २२ पुस २०८०, १५ : १० मा प्रकाशित

सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो

आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट आउँदा कारोबार भने सामान्य रुपमा घटेको छ ।

अघिल्लो सातादेखि ओरालो यात्रा थालेको नेप्से परिसूचक आज २६.३६ अङ्कले घटेर २०२२.९२ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल पाँच अर्ब ५८ करोड ११ लाख ७ हजार आठ सय चार रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ रुपैयाँ पुगेको छ । बजारसँगै आज कारोबार रकममा पनि गिरावट आएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा तेह्रथुम पावर हाइड्रो,  सिंगटी हाइड्रो, नेपाल वेयरहाउजिङ कम्पनी, धौलागिरी लघुवित्त र मुक्तिनाथ कृषि कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये मानुषी लघुवित्त, एनआरएम, चिरख्वा हाइड्रो र शुभम् पावर रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

आज हाइड्रोपावर उपसूचक मात्रै १.०३ प्रतिशतले बढ्दा हाइड्रोपावर बाकिँ सबै उपसूचक घटे । आज लाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक २.४ प्रतिशतले घट्दा ट्रेडिङ २.१४ प्रतिशत र लगानी उपसूचक १.९४ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको