हिमालयन रिइन्सुरेन्सको आइपिओको सोमबार प्रिओपन सेसनमा पहिलो कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले नेप्सेले दिएको ओपनिङ रेञ्जको अधिकतम मूल्य अर्थात प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा मंसिर २७ गतेदेखि आइपिओ बिक्री खुला गरेको थियो ।
कम्पनीले सर्वसाधारण नेपालीहरुका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । त्यसबाहेक वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता सेयर पनि निष्कासन गरिएको छ ।
कम्पनीले दोस्रो बजारमा ओपनिङ रेञ्ज १०३.०७ देखि ३०९.२१ रुपैयाँसम्म पाएको थियो भने कम्पनीको सेयर HRL टिकरबाट कारोबार हुँदैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस