Like us!
Follow us!
Connect us!
Watch us!

बङ्गलादेशको आमचुनावमा तीन सय मध्ये ६३ सिटमा स्वतन्त्र उम्मेदवार विजयी, सेख हसिना पुन: प्रधानमन्त्री निर्वाचित

अर्थ संसार

सोमबार, २३ पुस २०८०, १३ : १७ मा प्रकाशित

बङ्गलादेशको आमचुनावमा तीन सय मध्ये ६३ सिटमा स्वतन्त्र उम्मेदवार विजयी, सेख हसिना पुन: प्रधानमन्त्री निर्वाचित

बङ्गलादेशको आमचुनावमा तीन सय मध्ये ६३ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने सत्तारुढ अवामी लिगले २२२ सिट जित्दै सेख हसिनालाई पाँचौ कार्यकालका लागि प्रधानमन्त्रीमा चयन गरेको छ ।

प्रमुख प्रतिपक्षी बङ्गलादेश राष्ट्रिय पार्टीले बहिष्कार गरेको उक्त चुनावमा भाग लिएको अर्को विपक्षी जातीय पार्टीले भने ११ सिट मात्रै जित्न सफल भएको छ । स्वतन्त्र रुपमा जीत प्राप्त गरेका उम्मेदवारहरु भने अवाली लिगबाटै उठ्न खोजेतापनि पार्टीले स्वतन्त्र उठ्न भनेका उम्मेदवारहरु रहेको जनाइएको छ । निकै विवादास्पद बनेको निर्वाचनमा उनीहरुलाई अवामी लिगकै डमी उम्मेदवारका रुपमा उठाइएको भन्दै आलोचना भएको छ ।

पश्चिमा देशलाई देखाउन मात्रै स्वतन्त्र उम्मेदवार खडा गरिएको आरोप लागेको छ । आइतबार भएको निर्वाचनमा कुल भोटर टर्नआउट ४० प्रतिशत मात्रै रहेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ तर यथार्थ संख्या त्यो भन्दा पनि निकै कम रहेको जनाइएको छ । निर्वाचन आयोगले नै निर्वाचन सकिनु एक घन्टा अगाडि २७ प्रतिशत मात्रै भोट खसेको तथ्यांक सार्वजनिक गरेको थियो । एक घन्टामै १३ प्रतिशत भोट खस्नु असम्भव रहेको प्रमुख प्रतिपक्षीको आरोप रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको