Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्सुरेन्समा पहिलो दिनमा लाग्यो सकारात्मक सर्किट, कति कित्ता भयो कारोबार ?

अर्थ संसार

सोमबार, २३ पुस २०८०, १३ : ३३ मा प्रकाशित

हिमालयन रिइन्सुरेन्समा पहिलो दिनमा लाग्यो सकारात्मक सर्किट, कति कित्ता भयो कारोबार ?

सोमबार पहिलोपटक कारोबार भएको हिमालयन रिइन्सुरेन्सको आइपिओमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जले नेप्सेले दिएको ओपनिङ रेञ्जको अधिकतम मूल्य अर्थात प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा आज कम्पनीको पहिलो कारोबार भएको थियो । उक्त मूल्यमा १० प्रतिशतको वृद्धि हुँदै सेयरको भाउ ३४०.१ रुपैयाँ पुगेको छ । हालसम्म उक्त सेयरको करिब साढे २३ हजार कित्ता कारोबार भइसकेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा मंसिर २७ गतेदेखि आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारण नेपालीहरुका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । त्यसबाहेक वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता सेयर पनि निष्कासन गरिएको छ ।

कम्पनीले दोस्रो बजारमा ओपनिङ रेञ्ज १०३.०७ देखि ३०९.२१ रुपैयाँसम्म पाएको थियो भने कम्पनीको सेयर HRL टिकरबाट कारोबार हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको