सोमबार सेयरबजारमा दोहोरो अङ्कको वृद्धि हुँदा कारोबार भने घटेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार २६.३६ अङ्कले घटेको सेयरबजार आज भने ३६.५७ अङ्कले बढेर २०५९.४९ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौ सय ६ रुपैयाँ पुगेको छ । बजार बढ्दा कारोबार रकममा भने आज गिरावट आएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा तेह्रथुम पावर हाइड्रो, त्रिशुली जलविद्युत कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, सिंगटी हाइड्रो, मोदी इनर्जी, समाज लघुवित्त, कालिका पावर, साम्लिङ पावर र मुक्तिनाथ कृषि कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने नारायणी विकास बैंक रह्यो । उक्त कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।
आज लाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक ३.७२ प्रतिशतले बढ्दा हाइड्रोपावर २.८१ प्रतिशत र लगानी उपसूचक २.६१ प्रतिशतले बढे । आज कुनै उपसूचक घटेनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस