Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिको १४ नम्बर ब्रोकरले २२ हजार कित्ता सेयर पाउँदा अरु जिल्लै !

अर्थ संसार

सोमबार, २३ पुस २०८०, १७ : ४२ मा प्रकाशित

हिमालयन रिको १४ नम्बर ब्रोकरले २२ हजार कित्ता सेयर पाउँदा अरु जिल्लै !

सोमबार पहिलो पटक हिमालयन रिइन्सुरेन्सको कारोबार नेप्सेमा भयो। कारोबार सुरु देखि नै ठूला ठूला किन्ने अर्डर आएपछि कम्पनीको सेयर एकै मिनेटमा सर्किट लाग्यो। 

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दिएको ओपनिङ रेञ्जको अधिकतम मूल्य अर्थात प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा आज कम्पनीको पहिलो कारोबार भएको कम्पनीको सेयरमा थप १० प्रतिशतको वृद्धि हुँदै भाउ ३४०.१ रुपैयाँ बन्द भयो । 

एकै दिन कम्पनीको कुल ३० हजार आठ सय ६६ कित्ता सेयर खरिदबिक्री भयो।

कारोबार समयको मार्केट डेप्ट हेर्ने हो भने पनि हिमालयन रिइन्सुरेन्सको लाखौँ सेयर किन्ने लगानीकर्ताको अर्डर देखिन्थ्यो। सबैजना कम्पनीको सेयर किन्न हारालुस गरेको जस्तो देखिन्थ्यो। 

तर जब ३ बज्यो र मार्केट फ्लोर सिट सार्वजनिक भयो त्यस पछ्यात लगानीकर्ता मात्र होइन ब्रोकर अफिसका कर्मचारी नै  आश्चर्य चकित परे। हिमालयन रिको ब्रोकर १४ ले  २२ हजार ७२ कित्ता सेयर औसत ३३९.४० रुपैयाँमा खरिद गरेको देखियो । तेस्तै ब्रोकर १७ ले ३८ सय ८३ कित्ता ३२५.३३ औसत मूल्यमै खरिद गर्यो भने ब्रोकर ४९ ले १५ सय ५६ कित्ता औसत ३३९.४० रुपैयाँमा र ब्रोकर ३५ ले पनि १३ सय ६४ कित्ता औसत ३३५.७० रुपैयाँमा खरिद गरेको देखियो। 

फ्लोर सिट देखेपछि आश्चर्य चकित परेका ब्रोकर कर्मचारी नै भन्छन,'आइपिओको सेयरको पहिलो दोस्रो दिनको कारोबार म्याचिङ्गमा केहि नै केहि शंकास्पद सेटिङ छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको