Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ जारी गरेको पहिलो वर्ष नै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो आकर्षक लाभांश

अर्थ संसार

बुधबार, २५ पुस २०८०, ०८ : ४३ मा प्रकाशित

आईपिओ जारी गरेको पहिलो वर्ष नै  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो आकर्षक लाभांश

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। 

कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

जस अनुसार १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछ्यात वार्षिक साधारणसभामा प्रस्तुत गरिने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको