रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० र८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीका सूचकमा सुधार देखिएको छ।
खुद नाफा
इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा २३ करोड ९ लाख रुपैयाँ खुद नाफाआर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यो ४ दशमलव ९६ प्रतिशतले बढेको हो ।
कुल बीमा शुल्क आर्जन
समिक्षा अवधि सम्ममा कम्पनीले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन ८ प्रतिशतले बृद्धि भएको हो ।
खुद बीमा शुल्क
पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २ प्रतिशतले बढेको छ। यो ६ महिना सम्म कम्पनीले १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
सेयर पूँजी
४ अर्ब रुपैयाँ
सेयर प्रिमियम
१ अर्ब ७५ करोड ७२ लाख रुपैयाँ
महाविपत्ती कोष
१४ करोड ३७ लाख रुपैयाँ
जगेडा कोष
१ अर्ब २३ करोड ८५ लाख ८२ हजार रुपैयाँ
जीवन बीमा कोष
८ अर्ब ५३ करोड
प्रति सेयर आम्दानी
११ रुपैयाँ ५५ पैसा
प्रति सेयर नेटवर्थ
१ सय ७९ रुपैयाँ ७१ पैसा
मूल्य आम्दानी अनुपात
४९.०१ गुणा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस