Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जाभामा ‘हाम्रो पे’बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्याशब्याक पाइने

अर्थ संसार

विहीबार, २६ पुस २०८०, १० : १६ मा प्रकाशित

हिमालयन जाभामा ‘हाम्रो पे’बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्याशब्याक पाइने

हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश वटा शाखामा हाम्रो पेमार्फत भुक्तानी गर्दा २०० रुपैयाँसम्मको क्यासब्याक दिने भएको हो । 

हाम्रो पेका अनुसार यस्तो क्यासब्याक अफर १० प्रतिशत रहेको छ, जुन बढीमा २०० रुपैयाँसम्म हुनेछ । केही सातासम्म लागु हुने गरी ल्याइएको यो अफर प्राप्त गर्न हाम्रो पे वालेटमा केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ । 

हिमालयन जाभाका ठमेल, मण्डला, सिभिल मल,  मार्कोपोलो, सुनाकोठी, बीएण्डबी, कुलेश्वर र नक्सालका आउटलेटमा यो अफरको फाइदा लिन सकिने बताइएको छ ।  

भाटभटेनीमा समेत यतिखेर हाम्रो पेको स्पिन एन्ड विन (Spin and Win) अफर समेत चलिरहेको छ, जस अन्तर्गत प्रयोगकर्ताहरूले प्रत्यक भुक्तानीमा १०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । 

हाम्रो पे डिजिटल वालेटका लागि छुट्टै एप डाउनलोड गरिरहनु  पर्दैन । हाम्रो पात्रो एपभित्रै उक्त डिजिटल वालेटको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

659f6f6a5a3ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको