Like us!
Follow us!
Connect us!
Watch us!

“हाम्रो पे”द्वारा व्यवसायहरूका लागि नयाँ डिजिटल भुक्तानी समाधान सार्वजनिक

अर्थ संसार

सोमबार, १८ फागुन २०८२, १० : ११ मा प्रकाशित

“हाम्रो पे”द्वारा व्यवसायहरूका लागि नयाँ डिजिटल भुक्तानी समाधान सार्वजनिक

नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउने उद्देश्यका साथ हाम्रो पात्रोको डिजिटल वालेट “हाम्रो पे”ले व्यवसायहरूका लागि अत्याधुनिक भुक्तानी समाधान सार्वजनिक गरेको छ। अब “हाम्रो पे”ले ‘नेपाल पे QR’ सँगको सहकार्य मार्फत इन्टर-अपरेबल QR सेवा सुरु गरेको छ, जसले गर्दा व्यापारीहरूले जुनसुकै मोबाइल बैंकिङ एप वा डिजिटल वालेटबाट सहजै भुक्तानी स्वीकार गर्न सक्नेछन्। यो नयाँ सुविधाले व्यवसायीहरूलाई कुनै एउटा वालेटमा मात्र सीमित नभई देशभरका ग्राहकहरूसँग सहज कारोबार गर्ने स्वतन्त्रता प्रदान गर्दछ।

व्यवसायहरूले सहज रूपमा अनलाइन भुक्तानी प्रणाली अपनाउन सकून् भन्ने उद्देश्यले “हाम्रो पे”ले विशेष प्रमोशनल अफर समेत सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत आवद्ध हुने व्यवसायीहरूले  “हाम्रो पे”को अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्दा कुनै पनि इन्टिग्रेशन शुल्क वा वार्षिक शुल्क तिर्नुपर्ने छैन। साथै, सुरुवाती ६ महिनासम्मका लागि कुनैपनि कारोबार शुल्क (Transaction Fee) समेत नलाग्ने व्यवस्था गरिएको छ।

QR भुक्तानीसँगै “हाम्रो पे”ले अनलाइन व्यापारका लागि आफ्नो ‘पेमेन्ट गेटवे’ सेवालाई पनि अझ सजिलो बनाएको छ। अब व्यापारीहरूले सजिलै दर्ता (अनबोर्डिङ) गरेर  तुरुन्तै अनलाइन भुक्तानी लिन सुरु गर्न सक्नेछन्।

कम्पनीकी फिनटेक डाइरेक्टर सुदिना गौतमका अनुसार, यो पहलले नेपाललाई नगदरहित (Cashless) अर्थतन्त्रतर्फ अघि बढाउन मद्दत गर्नेछ र व्यवसायहरूलाई आधुनिक डिजिटल बजारमा सहज रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको