Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा श्री मनोज कुमार गोयल चयन

अर्थ संसार

विहीबार, २६ पुस २०८०, २१ : ०० मा प्रकाशित

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा श्री मनोज कुमार गोयल चयन

एनएमबि बैंकका संचालक समितिको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

एनएमबि बैंकको सञ्चालक समितिका पवन कुमार गोल्याणको सभापतित्वमा आज राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौंमा सभा सम्पन्न भएको हो। 

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम अनुसार संस्थापक सेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीहरुको समुहबाट उत्तम भ्लोन,  शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित हुनु भएका छन्  । एफ्मोको तर्फबाट ेनिको पिलको सट्टामा  शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो ।

साथै, निर्वाचित सञ्चालकहरु समेतको सोही मितिमा बसेको बैठकले श्री मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको छ ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ । 

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

65a006a9a7f13.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको