Like us!
Follow us!
Connect us!
Watch us!

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता

अर्थ संसार

शुक्रबार, २७ पुस २०८०, १२ : २३ मा प्रकाशित

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबिएल) र मल्पी इन्टरनेशनल कलेजबीच शैक्षिक सिकाइ र उद्योग अनुभव बीचको अन्तरलाई कम गर्नको लागि, दीर्घकालीन रणनीतिक विकास गर्न सहकार्य गर्ने सम्बन्धी १० जनवरी २०२४ मा सम्झौता भएको छ । 

सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी र कम्पनी सचिव अल्पना शर्मा तथा मल्पी इन्टरनेशनल कलेजको तर्फबाट प्रिन्सिपल दिपक अधिकारी र विद्यार्थी संलग्नता अधिकृत प्राप्ति वि.सी शर्माबीच भएको कम्पनीले जनाएको छ । सम्झौताले बिमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । 

यस साझेदारी मार्फत फेडेरलले मल्पीका विद्यार्थीहरूलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नशिपका अवसरहरु तथा आवश्यकता अनुसार भविष्यमा रोजगारीको अवसरहरु प्रदान गर्न मदत गर्नेछ । साथै, यस सम्झौताले एफआरबिएलका कर्मचारीहरूलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रमहरूमा भाग लिएर नेटवर्किङ बढाउने अवसरहरू प्राप्त गर्न मद्दत गर्नेछ । 

दुवै संस्थाहरूले बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा अन्य गतिविधीका लागि आवश्यकता अनुसार सहकार्य गर्नेछ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड २०२२ मा पब्लिक लिमिटेडको रुपमा स्थापित भई नेपालमा पुनर्बीमा दलाली सम्बन्धी सेवा तथा आवश्यक प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ गरेको नेपालमै पहिलो र बेलायतबाटसमेत आइएसओ सर्टिफाइड पुनर्बीमा दलाल कम्पनी हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको