Like us!
Follow us!
Connect us!
Watch us!

नाडाद्वारा अटो नेपाल सम्मानित

अर्थ संसार

शुक्रबार, २७ पुस २०८०, १२ : ३५ मा प्रकाशित

नाडाद्वारा अटो नेपाल सम्मानित

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारणसभामा संचार क्षेत्रकातर्फबाट अटो नेपालका प्रकाशक तथा निर्देशक रोशनकुमार श्रेष्ठ कदरपत्रद्धारा सम्मानित भएका छन् । 

निवर्तमान अध्यक्ष डा. ध्रुव थापाको पहलमा पहिलो पटक उनको कार्यकालका सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यता रहेको थियो ।

श्रेष्ठलाई नाडाका अध्यक्ष डा. ध्रुव थापाले १६ वर्षदेखि निरन्तर अटो नेपाल, मासिक पत्रिकामार्फत नेपालको अटो क्षेत्रमा ठूलो टेवा पुर्याएको भन्दै सम्मानित गरेका हुन् । २०६४ सालदेखि प्रकाशन थालेको अटो नेपालले उक्त समयदेखि नै अटो क्षेत्रलाई व्यवस्थित बनाउनका लागि कलम चलाउँदै आएको छ ।

अटो नेपालले अटो क्षेत्रको जानकारी, समस्या, सल्लाह, प्रविधी, ग्रिन इनर्जी, पर्यटकीय गन्तव्यको सडकका विषयमा जोडदार रुपमा कलम चलाउँदै आएको छ । अटो नेपाललाई सम्मान गरेर पत्रिकाको अटो क्षेत्रप्रतिको दायित्व अझै बढेको सम्पादक सरोज प्याकुरेलले बताए । सम्मानित भएपछि निर्देशक रोशनकुमार श्रेष्ठले यो क्षेत्रमा जुनसुकै परिस्थितिमा पनि निरन्तरता दिइरहने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको