Like us!
Follow us!
Connect us!
Watch us!

माघे संक्रान्तिको अवसरमा सन सेक्युरिटिजको सेयर तालिम सम्पन्न

अर्थ संसार

सोमबार, ०१ माघ २०८०, २१ : १३ मा प्रकाशित

माघे संक्रान्तिको अवसरमा सन सेक्युरिटिजको सेयर तालिम सम्पन्न

सन सेक्युरिटिजले माघे संक्रान्तिको अवसरमा सन सेक्युरिटिजको कार्यालयमा आज सोमबार लगानीकर्ताहरुलाई सेयर बजार सम्बन्धी निःशुल्क सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । 

सेयर बजार सम्बन्धी आधारभूत र प्राविधिक विश्लेषण अन्तरगतको क्याण्डल प्याटर्न सम्बन्धी २ वटा तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । तालिम कार्यक्रममा १५० जना लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।  

विहान ११ बजेदेखि १ बजेसम्म सेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा सेयर बजारको वर्तमान अवस्था, सेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । 

सेयर बजार यसको आधारभूत पक्ष सम्बन्धी यस तालिम कार्यक्रममा सन सेक्युरिटिजका रबि बुढाथोकी र संचित बज्राचार्यले तालिम प्रदान गरेका थिए। 
 
दिउँसो २ बजेदेखि ४ बजेसम्म  सेयर बजारको प्राविधिक विश्लेषण अन्तरगत क्याण्डल विश्लेषण सम्बन्धी अर्को तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसअन्तगरत प्राविधिक विश्लेषण र यसको महत्व, प्राविधिक विश्लेषणमा प्रयोग हुने चार्टहरु, क्याण्डल चार्ट बन्ने विधि, क्याण्डका विभिन्न स्वपरुप र तिनीहरुको कारोबारमा हुने प्रयोग तथा यसको महत्व, क्याण्डलको ब्याक टेष्टिंग गर्ने विधि लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । प्राविधिक विश्लेषक सुशिल भट्टराईले प्राविधिक विश्लेषण सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेका थिए। 
  
कार्यक्रमको अन्त्यमा लगानीकर्ता तथा प्रशिक्षार्थीहरुका कारोबार सम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासाहरुको साथ अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो । अन्तरक्रियात्मक कार्यक्रम कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सञ्चालन गरेका थिए । 

कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले अब आउने शुक्रबार अर्थात माघ महिनाको पहिलो शुक्रबार लगानीकर्ताहरुबीच पेपर प्रेजेन्टेसन सहितको अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने र सो कार्यक्रममा लगानीकर्ताहरुले कारोबारका क्रममा भोगका विभिन्न अनुभव र जिज्ञासाहरु समेत आदान प्रदान गरिने बताए । उक्त अन्तरक्रियात्मक कार्यक्रममा इच्छुक जो कोही लगानीकर्ताहरु सहभागी हुन सक्ने समेत उनले बताए। 

65a5501447ffe.jpg 65a550144bbf1.jpg 65a550147ab0e.jpg 65a5501487a62.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको