Like us!
Follow us!
Connect us!
Watch us!

लेखनाथमा शेयर बजार सम्बन्धी सचेतना कार्यक्रम

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ०९ : ११ मा प्रकाशित

लेखनाथमा शेयर बजार सम्बन्धी सचेतना कार्यक्रम

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको आयोजनामा कास्कीको लेखनाथमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सोमबार सम्पन्न भएको छ । 

लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशकद्धय श्याम मण्डल र भुपती पाण्डेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा देशको वित्तिय प्रणाली, धितोपत्र बजारको महत्व, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, लगानी गर्दा हुने फाइदाहरू, प्राथमिक वजार र दोस्रो शेयर बजारमा कारोबारका गर्दा थाहा पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा जानकारी गराईएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पुर्वअध्यक्ष बाबुराम गिरीले राष्ट्र बैंक, धितोपत्र बोर्ड र जस्ता नियमनकारी निकायहरुले बजारमा सकारात्मक म्यासेज दिन जरुरी रहेको बताए । उनले अहिलेको पुँजीबजारको समस्या समाधानको लागि नियमनकारी निकाय, सरकार र लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताए ।

यस्तै ग्रिन डेभलपमेण्ट बैंकका हरि बुढाथोकीले विगत दुई वर्ष देखि निरन्तर घटिरहेको शेयर बजार छिट्टै आउन लागेको राष्ट्र बैङ्कको मौद्रीक निति पछि सुधार हुने आशा व्यक्त गरेका थिए । तर, यही कारणले धितो पत्र बजारमा ठूलो उछाल आउने सम्भावना भने नदेखिएको उनले बताए । १५-२० करोडको क्याप देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै शेयर बजारमा राष्ट्र बैङ्कले लगाएको क्याप पूर्ण रुपमा हटाउन उनले सुझाव दिए ।

उक्त अवसरमा नेपाल स्टक हाउस प्रालिका गोकुल रिमालले धितोपत्रबजारमा किनबेच गर्दा कसरी अवसरको सदुपयोग गर्ने लगायतका प्राविधिक पक्षहरूको बारेमा जानकारी दिनुका साथै देशको वर्तमान आर्थिक परिदृश्यका बारे चर्चा गरेका थिए । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु'ले गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको