Like us!
Follow us!
Connect us!
Watch us!

सचेतना कक्षामा पनि लगानीकर्ताको गुनासो -'राष्ट्र बैंकका कारण बजार बढेन'

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, ०७ : ५८ मा प्रकाशित

सचेतना कक्षामा पनि लगानीकर्ताको गुनासो -'राष्ट्र बैंकका कारण बजार बढेन'

नेपाल धितोपत्र बोर्ड र बाग्लुङ उध्योग बाणिज्य संघको आयोजना तथा दिब्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रा,लीको  सह-आयोजनामा बाग्लुङमा धितोपत्र बजार सम्बन्धि शिक्षा तथा सचेतना अभिबृद्दी  कार्यक्रम सम्पन्न भएको छ। 

फागुन १  गते बागलुङ को होटेल दि राजनमा सम्पन्न उक्त कार्यक्रममा उध्योग बाणिज्य संघका पदाधिकारी ,धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थी लगायत अन्य लगानीकर्ता गरि ८० जनाको उपस्थिति रहेको थियोे। 

उधोग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेलको अध्यक्षतामा सम्पन्न  सो कार्यक्रमको संचालन बागलुङ उध्योग बाणिज्य संघका महासचिव ऋषिराम गौतमले गरेका थिए। स्वागत मन्तव्य दिब्या सेक्युरिटीज बागलुङका प्रमुख कुमार शर्माले राखेका थिए भने  प्रमुख अतिथिको मन्तव्य नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य युबराज राजभण्डारीले राख्दै कार्यक्रमको लागि खुसी व्यक्त गरेका थिए। 

३ घन्टा सम्म संचालित उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक भुपती पान्डे तथा श्यामु मण्डलले आफ्नो कार्यपत्र प्रस्तुती राखेका थिए। कार्यक्रमको अन्तमा  अन्तरक्रिया कार्यक्रममा लगानीकर्ताको तर्फबाट बागलुङका अनुभवी लगानीकर्ता  प्रकाश जि.शि, राजु के.सि लगाएतले आफ्नु जिज्ञासा् तथा गुनासो राखेका थिए। गुनासो राख्ने अधिकांश लगानीकर्ताले राष्ट्र बैंकको गलत नीतिले बजार नबढेको कुरा पोखेका थिए। 

धितोपत्र बोर्डको अगुवाइमा भएको  यो कार्यक्रम फागुन २ गते म्याग्दी को सदरमुकाम बेनिमा तथा पर्बत को कुस्मामा फागुन ३ गते संचालन हुन गइरहेको छ !

 

 

65cc248f4ec2d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको