इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयर तयार पार्न लक्षित गर्दै आधारभूत तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आईआईएनले घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमासम्बन्धी बीमा सर्भेयर तालिम सञ्चालन गर्ने जानकारी दिएको छ।
तालिमका लागि बीमा नियमावली, २०८१ अनुसार बीमा सर्भेयर बन्ने आवश्यक योग्यता पूरा गर्नुपर्नेछ।
आईआईएनका अनुसार इञ्जिनीयरिङ विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरेका, चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेका वा निर्जीवन बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त इन्स्टिच्युटबाट एसोसिएटसीप उपाधि हासिल गरेका व्यक्तिहरूले तालिममा भाग लिन योग्य हुनेछन्। साथै, नेपाल बीमा प्राधिकरण वा अन्य बीमा कम्पनीमा कम्तीमा १० वर्षसम्म अधिकृत स्तरको सेवा गरेको अनुभव भएको स्नातकहरूले पनि तालिममा सहभागी हुन सक्नेछन्।
तालिमका लागि इच्छुकहरूले यही वैशाख १९ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदनदाताहरूबाट पहिलो प्राथमिकताको आधारमा छनोट गरी प्रत्येक समूहमा ३० जनाका दरले तालिम सञ्चालन गरिनेछ।
आईआईएनले बीमा क्षेत्रको पेशागत क्षमता अभिवृद्धि गर्न यो तालिम उपयोगी हुने विश्वास व्यक्त गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस