Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ असार २७ गतेदेखि, न्यूनतम ४१ हजार ४० रुपैयाँ चाहिने

अर्थ संसार

बुधबार, १९ असार २०८१, ०६ : ५० मा प्रकाशित

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ असार २७ गतेदेखि, न्यूनतम ४१ हजार ४० रुपैयाँ चाहिने

नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

बुक विल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती दिएको हो ।

जस मध्य पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेर  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन जारि गर्ने भनेको छ। 

योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङ विधिबाट आईपीओ बिक्री गरिसकेको कम्पनीले गत माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।

यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो । कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई आईपीओ निष्कासन हुनेछ ।

कति दिने आवेदन ?
न्यूनतम- ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ। 
अधिकतम- २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गरेकोे दोस्रो कम्पनी रिलायन्स स्पिनिङको आईपीओ भर्नका लागि ४१ हजार ४० रुपैयाँ आवश्यक पर्नेछ ।

कहिले सम्म दिने आवेदन ?
लगानीकर्ताले साउन १० गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन्। 

को हो बिक्री प्रबन्धक ?
यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरि आवेदन दिन सक्नेछन्।

रेटिङ्ग
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसको अर्थ यस कम्पनीको समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको बुझिन्छ।

यो भिडियो पनि हेर्नुहोस

गत वर्ष पुस १९ गते धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेशकुमार हमालले यो कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता आईपीओ बिक्री गर्न अनुमति दिएका थिए । कम्पनीको वित्तीय विवरण पनि नाजुक रहेको छ ।

यसका साथै नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुलबापतकोे १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम तिर्न बाँकी रहेको रिलायन्स स्पिनिङलाई प्रोभिजन नै गर्न नलगाई आर्थिक चलखेलका आधारमा मापदण्डविपरीत उच्च मूल्यमा बुक बिल्डिङमार्फत आइपीओ निकाल्न अनुमति दिइएकोे छ । 

रिलायन्स स्पिनिङले विद्युतको बक्यौता तिर्दा रिलायन्सको नेटवर्थमा उच्च गिरावट आउनेछ । त्यसरी बक्यौता रकम तिर्दा रिलायन्सले उक्त रेन्जमा बुक बिल्डिङमा जानै नमिल्ने थियो  । तर, अध्यक्षको जिम्मेवार पाएका रानाको एकल निर्णयबाट त्यस्ता विषयमा नजरअन्दाज गरी रिलायन्स स्पिनिङले सर्वसाधारणका लागि बुक बिल्डिङमा आइपीओ ल्याउन अनुमति दिएका हुन् ।चालू आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ २४९.४८ रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँभन्दा तल अर्थात् ९६ पैसा मात्रै छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) भने ०.९६ रुपैयाँमात्र रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको