Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार पनि घट्यो सेयरबजार, कारोबारमा पनि गिरावट

अर्थ संसार

विहीबार, ०४ माघ २०८०, १५ : १५ मा प्रकाशित

बिहीबार पनि घट्यो सेयरबजार, कारोबारमा पनि गिरावट

बुधबार दोहोरो अङ्कले घटेको सेयरबजारमा बिहीबार पनि करेक्सन जारी रहेको छ ।

बुधबार १२.१ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप ७.२४ अङ्कले बढेर २१५५.८२ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार आठ सय ६८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार दुई सय ८२ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सिनर्जी पावर, रिडि पावर, माहुली लघुवित्त र गणपति लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा तेह्रथुम पावर, ग्लोबल आएमई लघुवित्त, थ्रीस्टार हाइड्रो र नेपाल वेयरहाउजिङ कम्पनी रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य उपसूचक सर्वाधिक १.३० प्रतिशतले बढ्दा हाइड्रोपावर उपसूचक ०.७९ प्रतिशत र फाइनान्स उपसूचक ०.२ प्रतिशतले बढे । आज उत्पादन उपसूचक सर्वाधिक १.२८ प्रतिशतले घट्दा ननलाइफ इन्स्योरेन्स १.१३ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.४२ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको