Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओटिसि बजारमा दोस्रो त्रैमासमा ६३ करोडको कारोबार, फरेष्ट्री कलेजको सेयर सबैभन्दा महँगो

अर्थ संसार

विहीबार, ०४ माघ २०८०, १६ : २२ मा प्रकाशित

नेप्सेको ओटिसि बजारमा दोस्रो त्रैमासमा ६३ करोडको कारोबार, फरेष्ट्री कलेजको सेयर सबैभन्दा महँगो

नेप्सेमा सूचीकृत नभएका कम्पनीहरुको कारोबार हुने ओभर द काउन्टर (ओटोसी) बजारमा यस आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेले प्रकाशित गरेको तथ्यांक अनुसार यस अवधिमा २४ कम्पनीको ५९ लाख ६७ हजार दुई सय २० कित्ता सेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै सेयर खरिद बिक्री हुने कम्पनीमा नेपाल हस्पिटालिटी एन्ड होटेल लिमिटेडको रहेको छ जसको २५ लाख ४४ हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँका दरले खरिद बिक्री भएको छ । यसैगरी इलेक्ट्रो पावर कम्पनीको २५ लाख ४४ हजार एक सय र चितवन फुड, हिल्टन हाइड्रो र स्नो रिभर लिमिटेडको ५-५ लाख कित्ता सेयर खरिद बिक्री भएको छ ।

यसैगरी ओटिसी बजारमा सबैभन्दा महँगो सेयर भने काठमाडौं फरेष्ट्री कलेज बनेको छ । उक्त कम्पनीको सेयर प्रति कित्ता एक हजार ८५ रुपैयाँ ५० पैसामा खरिद बिक्री भएको छ । कुल २४ मध्ये १२ कम्पनीको सेयर प्रति कित्ता एक सय रुपैयाँमै कारोबार हुँदा बाकिँ कम्पनीको सेयर भने एक सय भन्दा बढी मूल्यमा कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको