Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्त संस्थाको खराब रिपोर्टसँगै सेयरबजार ओरालो यात्रामा, कारोबारमा पनि गिरावट

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, १५ : १३ मा प्रकाशित

बैंक तथा वित्त संस्थाको खराब रिपोर्टसँगै सेयरबजार ओरालो यात्रामा, कारोबारमा पनि गिरावट

अघिल्ला दुई कारोबार दिन पनि घटेको सेयरबजारमा आइतबार पनि गिरावट जारी रहेको छ । बैंक तथा वित्तीय संस्थाको खराब दोस्रो त्रैमास रिपोर्टसँगै बजार दोहोरो अङ्कले घटेको हो ।

बिहीबार ७.२४ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप २५.६३ अङ्कले घटेर २१३०.१८ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार दुई सय ८२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा समाज लघुवित्त, आँखुखोला हाइड्रो र हिमालयन लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा सिएचडिसि, मोलुङ हाइड्रो, विजय लघुवित्त, बाराही हाइड्रो र एभरेस्ट बैंक रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य उपसूचक सर्वाधिक १.३८ प्रतिशतले बढ्दा हाइड्रोपावर उपसूचक ०.२ प्रतिशतले बढ्यो । आज विकास बैंक उपसूचक सर्वाधिक २.६१ प्रतिशतले घट्दा फाइनान्स २.५५ प्रतिशत र बैंकिङ उपसूचक २.४२ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको