Like us!
Follow us!
Connect us!
Watch us!

जापानको सोनी र भारतको जी इन्टरटेनमेन्टबीचको मर्जर भाँडियो

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, १३ : १८ मा प्रकाशित

जापानको सोनी र भारतको जी इन्टरटेनमेन्टबीचको मर्जर भाँडियो

जापानको सोनी ग्रुप र भारतको जी इन्टरटेनमेन्टबीच हुन लागेको मर्जर सम्झौता तोडिएको छ ।

सोनीले सोमबार जीलाई मर्जर सम्झौता तोडिएको सूचना पठाएको हो । दुई कम्पनीबीच १० बिलियन डलर बराबरको मर्जर सम्झौता हुन लागेको थियो । तर मर्गर पछि कुन कम्पनीले नेतृत्व लिने भन्ने बारे विवाद भएपछि मर्जर लामो समयदेखि रोकिएको थियो । दुई वर्ष अघि नै हुन लागेको मर्जर सम्झौता पछि कम्पनी भारतीय मनोरञ्जन बजारको मुख्य खेलाडीका रुपमा स्थापित हुने अनुमान गरिएको थियो ।

मर्जर सम्पन्न गर्न जनवरी २० को डेडलाइन राखिएपनि जीले भने उक्त अवधि थप गर्न प्रयासरत रहेको बताएको छ । मर्जर भाँडिएपछि कम्पनीको अस्तित्व नै संकटमा परेको जनाइएको छ । जीले जनवरीमा तिर्नुपर्ने दुई सय मिलियन डलर तिर्न असफल रहेको थियो । मर्जर रोकिएसँगै कम्पनी आर्थिक रुपमा थप संकटमा पर्ने देखिएको छ ।

नेटफ्लिक्स, एमेजन जस्ता ठूला प्रतिस्पर्धीको भारतीय बजारमा आगमन तथा रिलायन्स इन्डस्ट्रीज र डिज्नेबीच हुन लागेको मर्जरले जीलाई सोनीसँग हुन लागेको सम्झौता निकै आवश्यक र महत्वपूर्ण हुने अपेक्षा गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको